रङ्गहरु



रङ्गहरु
त्यसबेला हरियो थियो करेसाबारी
अझै हरियो देखिन्थ्यो,गैरी खेत
हरियै धानको मुठो समातेका ‘बा’ लाई
धमिलो बर्खाले आफू संगै बगाएर लिएपछि
मलाई बर्खा मन पर्दैन
हरियो रङ्ग पनि मन पर्दैन
काधमा गुन्युको सेतो सप्को ओढाएर
समयले खोसेको हो मेरी आमाको
ओठको गुलाबी रङ्ग
त्यसपछि
मन पर्न छाड्यो मलाई सेतो रङ्ग पनि
अध्यारोले छोपेपछी इमानका परेला
साइलाले लुटेको थियो राधाको अस्तित्व
कालोनै थियो सिताको इज्जतमा कालो
लागेको रात पनि
त्यसैले
मलाई अध्यारो मन पर्दैन
कालो रङ्ग पनि मन पर्दैन
फिजाउदै सपनाका पखेटा निलो आकाशमा
निलो समुन्द्र पार गरि परदेश पुगेका ठुलदाइ
निलै बाकसमा घर फर्केको दिनदेखि
डर लाग्छ मलाई निला रङ्ग हरु संग
कुमारित्वका दुई राता छिटा योनिबाट पोखिएकै दिन
अपवित्र भनिएको हो मलाई
रक्ताम्य योनि लिएर छाउ पसेकी काकीलाई
रक्ताम्य लास बनेको देखेपछि
मलाई रजस्वला भएको बार मन पर्दैन
रातो रङ्ग पनि मन पर्दैन
यी आँखा लाई सुनौला सपना देखाएर
उसले पनि रङ्गाइदियो खुशी अर्कैको सिउदोमा
अनि मलाई मन छाड्यो पहेंलो रङ्ग पनि
धेरै रङ्गहरु संग पोतिएर मेटिएको छ आफ्नै अस्तित्व
प्रत्येक रङ्गहरु संग शोक मनाएको छ जिन्दगीले
हरेक रङ्गको दाग बोकाएको छ समयले
मान्छे
भन तिमी कुन रङ्गको पर्व बोकेर
शुभकामना दिन आएका हौं ?
विद्याश्री सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यतिले धीत अझै मरेन मेरो सरकारको, कोरोनाको खोप लाउनेमा आफन्त …

कारमा आफन्त सरकारमा आफन्त भन्सारमा आफन्त धनसारमा आफन्त भ्रष्टाचारमा आफन्त अख्तियारमा आफन्त उपचारमा

आमाका आँशु …

आमाका आँशु … आफ्नो शरीरबाट अर्को जीवनको सृष्टिमा सम्पूर्ण पीडा बिर्सेर सन्तानतर्फ हेरेर

‘दिल्लीमा बनेको बयलगाढा चढेर सलाईको बट्टा सरकारमा गयो…’

मेरो देशमा हिजोदेखि बल्ल नयाँ युग सुरु भयो दिल्लीमा बनेको बयलगाढा चढेर सलाईको

रेल चढ्न चुरे आफैं दिल्ली जाँदैछ !

पहिले भन्थे नयाँ युग बोकेर चुरे चढ्न दिल्लीबाट रेल आउँदैछ ! अहिले सुनिँदैछ