‘हाम्रा विर्यले त्यो बाँझो कोखमा रक्त बीज जन्माउने क्षमता राख्छन्’



सिरोज विजय कोइराला

लाग्छ एउटा दोकान खोलुँ ।
जहाँ मेरा शरीरका अंगहरू
लिलाम बडाबडमा बेचुँ ।
म कलेजो बेचुँ,
मृगौला बेचुँ,
मेरो गिदी बेचुँ र
आह्वान गरूँ
ति सबैलाई
जो हाट बजारमा आफ्ना अंगहरू
लिलामीमा राख्न चाहन्छन् ।

आउनुस् हामी हाम्रा अंगहरूको ठूलो बजार
लगाउँ अनि आह्वान गरौँ ति क्रेतालाई जो
अंग विहीन मानिसहरू खरिद गर्न चाहन्छन् ।
जो चेतनालाई सक्त नफ्रत गर्छन् र
त्यो रित्तो छातीमा कोर्रा बर्साउन चाहन्छन् ।

आउनुस हामी सबै एक जुट होउँ र
आफ्नै भाउ लगाउँ ।
अन्तर्राष्ट्रिय बजार जगाउँ र
बोलाउँ काला, गोरा, नेप्टा, थेप्चाहरूलाई र
भनौँ
हाम्रा हड्डी घोट्दा अश्शो शक्ति निस्कन्छ ।
हाम्रा कानमा स्वर्गलाई सुन्न सक्ने क्षमता छ।
हाम्रा गिदीमा ज्वालामुखीबाट निस्कने
लाभाको शक्ति छ ।
हाम्रा विर्यले त्यो बाँझो कोखमा
रक्तबीज जन्माउने क्षमता राख्छन् ।

आउनुस मेरा अंगहरू लिलामीमा छन् किन्नुस
र आफ्नो जीवनलाई तिलस्मी बनाउनुस् ।
आउनुस् ।

काेइराला पाेखरामा स्थापित युवा व्यवसायी हुन् भने उनी समाज सेवा र अध्यात्ममा समेत रूची राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कवि लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइने

यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ । बिहीबार

‘डा. गोविन्द केसीलाई मार्नु पर्छ !’

कविताः डा. गोविन्द केसीलाई मार्नु पर्छ ! यो समाज कस्लाई पुज्छ ? सोच्नु

कलाकार स्व. मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’ सार्वजनिक

काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला

प्रश्रित र उप्रेतीका कारण यसवर्ष पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यसवर्ष वितरण गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना