‘नेताहरु आत्महत्या गर्दैनन्  ?’



नेताहरु आत्महत्या गर्दैनन्  ?
जो गरीब, लुसो
कमजोर हुन्छ
जो रोगी हुन्छ
त्यही मात्र आत्महत्या गर्छ
भन्थें उनी
उनी अर्थात नेता
लाग्छन कहिले यता, लाग्छन कहिले उता
जो बलियो मनको हुन्छ ।
जो जति पनि अपमान खप्न सक्छ
जो चाहे जति झुटो बोल्न सक्छ
जसले तर्साएर अरुलाई आफ्नो वशमा राख्छ
उ त कहिले पनि आत्महत्या गर्दैन
यस्तै भन्छन नेता
उनको दर्शन, कहिले उता कहिले यता
‘रणभूमिमा’ ङिच्च अनुहार पारेर
भोट माग्दा खुट्टा नै ढोग्नेहरू
जनताको दुःख देखेर
गोहीका आँसु खसाल्नेहरू
त्यही गोहीको आँसुले उनको
मनको दुःख जाँदो रहेछ
त्यसैले उनलाई आत्महत्या
गर्न पर्दैन
उनी त अरुलाई मात्र आत्महत्या
गर्न लगाउँछन
यस्ता छन नेपालका नेता
कहिले यता, कहिले उता
यदि नेताको मनमा लाज भएर,
मनमा पिडा भएर
आँसु खसालेर
आत्महत्या गर्दा हुन त
अहिलेसम्म नेपाल
नेता विहीन भइसक्ने थियो
धन्य, नेता विहीन हुन्
परेको छैन
त्यसैमा त हाम्रो शिर ठाडो छ,
नेताले भरिपूर्ण देश पाएर
लाज, इज्जत, अपमान खपेर
भएपनि तिम्रो
र हाम्रो जीवनमा ज्योति छर्छन्
नेताहरु धन्य छन्
किनभने उनीहरू
आत्महत्या गर्दैनन् ।

डा. अरुणा उप्रेती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य