काठमाडौँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अङ्गका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको राष्ट्रियसभाको बैठकमा पोर्तेलले यस्ता असंवैधानिक कार्यहरू तत्काल रोकिनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीका सल्लाहकारहरूलाई यो अधिकार कसले दियो ? उनीहरूलाई न संसद्ले चिन्छ न संविधानले । यस्ता असंवैधानिक कार्यहरू तत्काल रोकिनुपर्छ ।’
सांसद पोर्तेलले दलित समुदायका लागि ठोस बजेट कार्यक्रम ल्याउन नसकेको बताए । वर्तमान सरकारले कटौती गरेकोमा पनि उनले आपत्ति जनाए ।
पोर्तेलले अघिल्लो सरकारले ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ का लागि ५० करोड विनियोजन गरेको, दलित उद्यमीलाई १० लाखसम्म विना धितो ऋण दिने व्यवस्था गरेको र अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कार दिने कार्यक्रम ल्याएको स्मरण गराए ।

प्रतिक्रिया