‘नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा र शब्दको सहजता हुनेगरी ’नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ औपचारिक रुपमा शुभारम्भ गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त शव्दकोषको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको उपकुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।
नेपाली भाषा आफैँमा पहिचान रहेको र विभिन्न भाषा र भाषिकाबाट नेपाली भाषा हुर्कंदै आएकोले यसको विस्तारका लागि प्रतिष्ठानले प्रविधिसँगै एप्स निर्माण गरिएको उप्रेतीले जानकारी दिए । प्रतिष्ठानको १० औं संस्करणको शव्दकोषलाई ६५ हजार १ लाख ६५ हजार शव्दको बनाउने उनले बताए । कार्यक्रममा प्रतिष्ठानले बर्षभगरि गरेका कामको बार्षिक प्रतिवेदन २०७५/७६ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।