शवपेटिकामा रहेका गहना चोरीमा संलग्न एक महिला गिरफ्तार



उत्तरी फ्रान्समा अन्तिम संस्कार गर्ने गृहमा एक जना नचिनेको शोकाकुल व्यक्ति देखे पनि निधनबाट मर्माहत परिवारले त्यसबारे अन्यथा सोचेन । ६० वर्षकी महिलाले आफू मृतकको एक जना साथी भएको बताएकी थिइन् ।

त्यसैले मृतकका परिवारले ती महिलालाई अन्तिम सम्मान प्रकट गर्न दिए । तर परिवारका सदस्य पछि फर्केर आउँदा शवपेटिकामा राखिएको मृतकको घाँटीको माला, औँठी र कानका गहना सबै हराएको पाएको फ्रान्सका संचारमाध्यमले जनाएका छन् ।

परिवारले यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्यो । त्यसपछि लिभिन शहरको शव अन्तिम संस्कार गृह नजिकै बस्दै आएकी ती महिलाबारे अनुसन्धान गरेर पक्राउ गर्यो । ती महिलासँग मृतकका अङ्गबाट हराएका गहनाहरू फेला परेको छ ।

तर कुरा त्यतिमै सीमित रहेन । प्रहरीले त्यसैदिन (अगस्ट २४ का दिन) केही अघि सोही अन्तिम संस्कार गृहमा व्यवस्थापन गरिएको शवबाट हराएको पैसाको थैली पनि फेला पारेको छ । सन्दिग्ध ती महिलाको घर खानतलाशी गर्दा प्रहरीले हालैका दिनमा प्रकाशित मृत्यु भएका सूचनाको खात फेला पार्यो ।

त्यस्तै परिवारका सदस्यका लागि शवपेटिकासम्म पुग्न दिइएका कोड नम्बरहरू पनि फेला परे । ती महिलालाई सन् २०२२ मा अदालतमा उपस्थित गराइने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु हुनुको

नागाल्याण्डमा सुरक्षाकर्मीको गोली प्रहारबाट १३ सर्वसाधारणको मृत्यु

भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न

अमेरिकी राष्ट्रपति बाइडन र र रुसी राष्ट्रपति पुटिनबीच वार्ता हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ

यमनको राजधानी सानामा साउदी सेनाको हवाई आक्रमण

साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला