नर्थ क्यारलाइनाको न्याग हेडमा भेटियो मान्छेको जस्तो दाँत भएको माछा



संयुक्त राज्य अमेरिकामा मानिसको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ । नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो ।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चपाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन् । उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः ‘शीप्सहेड’ नामकरण गरिएको हो ।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन् । ‘मुखभरि दाँत भएको’ माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए ।

स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् । उनले त्यो माछा निकै स्वादिलो हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक