श्रीलंकामा इनार खन्न लाग्दा ५१० किलो नीलमणि फेला



श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको छ । उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो । रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बताएका छन् । रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको छ ।

हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ । उक्त विशाल रत्नलाई ‘सेरन्डिपिटी सफायर’ नामकरण गरिएको छ । ‘इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए। पछि हामीले यो विशाल वस्तु भेट्यौँ,’ उक्त मणिको स्वामित्व भएका गामागेले बताए ।

गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताएनन् । विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गरेका थिए । झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए ।

गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए। ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो । स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ । विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए । श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो ।

गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गरेको थियो । प्रसिद्ध रत्नविद् डा. गामिनी जोयसाले आफूले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बताए ।

उनले त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्ने बताए । उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ । कोभिड महामारीका कारण लकडाउनले गर्दा देशको रत्न उद्योगले घाटा खेप्नुपरेको बेला उक्त बहुमूल्य रत्न फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्