अपहरणमा परेका छोरासँग ३२ वर्षपछि पुनर्मिलन !



एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न पाएका छन् । बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए । उनका अभिभावकले उनलाई देशभरि खोजे र उनकी आमाले १००,००० भन्दा बढी पर्चा बाँडिन् ।

उनीहरूको पुनर्मिलन सोमवार प्रहरीको एउटा पत्रकार सम्मेलनका क्रममा भयो र अहिले ३४ वर्षका ती छोराले आमाबाबुसँग समय बिताउने योजना रहेको बताए । माओ यीन सन् १९८६ फेब्रुअरी २३ मा जन्मिएका थिए। साउथ चाइना मर्निङ् पोस्टसँगको अन्तर्वार्तामा उनकी आमाले उनलाई चलाख, सुन्दर र स्वस्थ बालक भनेकी थिइन् ।

सन् १९८८ अक्टोबर १७ मा बुबा माओ जेन्जीन्ङ्सँग बालकक्षाबाट घर आउँदै गर्दा उनले पानी मागे। उनीहरू पानीका लागि एउटा होटलको ढोकामा रोकिए र बुबाले पानी ल्याउँदासम्म माओ हराइसकेका थिए । परिवारले उनलाई शहरभरि खोज्यो तर भेट्न सकेन । आमा लीले जागिर छोडेर छोराको खोजी गर्न थालिन् र १० भन्दा बढी प्रान्तमा एक लाखभन्दा बढी पर्चाहरू बाँडिन् तर कुनै सफलता हात लागेन ।

त्यसपछिका वर्षहरूमा उनी थुप्रै टिभी कार्यक्रमहरूमा देखा परिन्। उनले ३०० वटा सूचनाका आधारमा छोरालाई खोजिन् तर पत्ता लगाउन सकिनन् । सन् २००७ मा लीले ’बेबी कम ब्याक होम’ नामक स्वयंसेवी संस्था खोलेर हराएका बालबालिका खोज्न सहयोग गर्न थालिन् । उनले २७ बालबालिकालाई अभिभावकसँग मिलन गराएको चीनको सञ्चारमाध्यमहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार गएको एप्रिलमा प्रहरीले सिचुआन प्रान्तमा एउटा बालक ३२ वर्ष अगाडि धर्मपुत्र बनाइएको सूचना पायो । त्यो स्थान अपहरण भएको स्थानभन्दा झण्डै एक हजार किलोमिटरको दूरीमा छ । प्रहरीले धर्मपुत्र बनाइएका एकजना ३४ वर्षीय मानिसको डीएनए परीक्षण गर्यो जुन माओ जेन्जीन्ङ र ली जीन्झीसँग मेल खायो ।

नाम फेरेर गू निङ्निङ राखिएका माओ यीनले घर सजावटको व्यवसाय गर्छन् र उनले आफ्नो भविष्यमा के गर्ने भन्ने बारेमा अहिल्यै थाहा नभएको बताए । प्रहरीका अनुसार उनलाई अपहरणकारीले एक बालबच्चाविहीन दम्पतीलाई छ हजार युआनमा बेचेका थिए । लीलाई चीनको मातृ दिवसको दिन मे १० मा छोरा भेटिएको कुरा सुनाइयो। “त्यो मैले पाएको सबैभन्दा उत्कृष्ट उपहार थियो,“ लीले भनिन् ।

अपहरणबारे अनुसन्धान भने कायम छ । दशकौँदेखि चीनमा बालबालिकाको अपहरण र बेचबिखन समस्याको रूपमा रहेको छ । आधिकारिक तथ्याङ्क नभएपनि ’बेबी कम ब्याक होम’ को वेबसाइटमा छोराको खोजी गर्न १४,८९३ अनुरोध र छोरीको खोजी गर्न ७,४११ अनुरोध राखिएका छन् । सन् २०१५ मा चीनमा बर्से्नि २०,००० बालबालिका अपहरणमा पर्ने आकलन गरिएको थियो ।

सन् २००९ मा चीन सरकारले स्थापना गरेको डीएनए तथ्याङ्कको आधारमा अहिलेसम्म ६,००० भन्दा बढी बालबालिका भेटिइसकेका छन् । र सन् २०१६ को मेमा सुरु गरिएको पुनर्मिलन परियोजना अन्तर्गत सन् २०१९ को जुनसम्म ४,००० भन्दा बढी हराइरहेका बालबालिका भेटिएका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने