ट्रम्पद्वारा टिकटक र वीच्याटमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर



अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई व्यापार गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित ल्याइएका दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आगामी ४५ दिनमा ती आदेशहरू लागू हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ ।

ट्रम्पले अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी गरेका छन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यो निर्णय भएको हो। ट्रम्पले त्यसका लागि सेप्टेम्बर १५ सम्मको समयसीमा तोकिदिएका थिए । यसबाट चीन र अमेरिकाबीच प्रविधिको क्षेत्रमा प्रतिद्वन्द्विता बढेको सङ्केत देखिन्छ ।

चिनियाँ कम्पनी बाइटडान्टको स्वामित्वमा भएको छोटो भिडियो शेयर गरिने टिकटक र टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको सन्देश पठाउने वीच्याटलाई लक्षित कार्यकारी आदेश ट्रम्प प्रशासनले चीनविरुद्ध चालेको पछिल्लो कदम हो । दुवै आदेशमा ट्रम्पले सूचना र सञ्चार प्रविधि र सेवामा अतिरिक्त कदम लिन आवश्यक भएको आफूलाई लागेको उल्लेख गरेका छन् ।

ट्रम्पले जारी गरेको आदेशमा टिकटकले डेटा सङ्कलन गर्दा चीनले अमेरिकी सरकारी कर्मचारीहरू पहिल्याउन सक्ने र तिनबारे व्यक्तिगत सूचना सङ्कलन गरी धम्क्याउन वा जासुसी गर्न सक्ने उल्लेख छ । उनले टिकटकले राजनीतिक रूपमा संवेदनशील सामग्री ( जस्तै हङ्कङमा भएका विरोधप्रदर्शन र बेइजिङले अल्पसङ्ख्यक उइगुर मुस्लिम समुदायसँग गरेको व्यवहार ( लाई सेन्सर गर्ने गरेको बताएका छन्। ट्रम्पका अनुसार अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ । बाइटडान्स र टेन्सेन्टले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

गत शुक्रवार ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकलाई अमेरिकामा सञ्चालन गर्न आफूले किन्न लागेको बताएको थियो । यो साता ट्रम्पले अमेरिकी सरकारले विक्री मूल्यको उल्लेख्य भाग पाए माइक्रोसफ्टलाई बेच्ने कुराको समर्थन गर्ने बताए । तर उनले सेप्टेम्बर १५ देखि अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक र वीच्याटको नाम उल्लेख गर्दै व्यक्तिगत एपमा चिनियाँ प्रविधिको प्रभावमा अमेरिकाले थप नियन्त्रण गर्ने घोषणा गरेको भोलिपल्ट यी कार्यकारी आदेशहरू आएका हुन् । गत वर्ष अमेरिकी सरकारले चिनियाँ सञ्चार कम्पनी ह्वावेई र जेडटीईविरुद्ध कारबाही गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी

गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

इजरायल र हमासबीच काएरोमा वार्ता

बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका