टिकटकमा रोक लगाउने ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडियो साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए । एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।’

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो । बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् । भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए ।

जसलाई उक्त कम्पनीले अस्वीकार गर्दै आएको छ । यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए । तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए । टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन् । वाशिङ्टन पोष्ट पत्रिकाका अनुसार उनले ’टिकटकको दीर्घकालीन सफलतामा कम्पनी विश्वस्त रहेको’ बताइन् ।

यूट्युबजस्तै टिकटक निःशुल्क प्रयोग गर्न सकिने सेवाको एप हो । प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडियो राख्न सक्छन् । चलचित्रका संवाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्। सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ । महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ ।

अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

बाबुराम अर्याल । आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा