ह्वावेईका उपकरण हटाउने वेलायतको निर्णय निराशाजनक र गलत भएको चीनको भनाइ



वेलायतले मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका ह्वावेईका सबै फाइभजी उपकरण सन् २०२७ सम्म हटाउन भनेपछि चिनियाँ राजदूतले त्यसलाई ’निराशाजनक र गलत’ भनेका छन् । अमेरिकाले ह्वावेईको उपकरणले राष्ट्रिय सुरक्षामा जोखिममा पार्ने बताउँदै प्रतिबन्ध लगाएको छ । तर ह्वावेईले पटक पटक कुनै देशलाई हानि नगर्ने बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वेलायतको निर्णयको स्वागत गर्दै ह्वावेई ’असुरक्षित’ भएको बताएका छन् । वेलायतका लागि चिनियाँ राजदूतले ट्वीट गर्दै वेलायतले विदेशी कम्पनीलाई निष्पक्ष व्यवसाय वातावरण दिनसक्ने विषयमा प्रश्न गरेका छन् ।

वेलायतका डिजिटल मामिला मन्त्री ओलीभर डाउडेनले संसद्को दुईमध्ये तल्लो सदन हाउस अफ कमन्सलाई निर्णयको जानकारी गराएका थिए । डाउडेनका अनुसार पछिल्लो कदमका कारण वेलायतमा फाइभजी प्रविधिको प्रयोग एक वर्ष ढिला हुनेछ ।

नयाँ प्रतिबन्ध कम्पनीको ब्रोडब्यान्ड उपकरणको प्रयोगमा पनि लागु गरिएको छ । सेवा प्रदायकले पूर्णरूपमा फाइबर नेटवर्कमा प्रयोगका लागि ह्वावेईका नयाँ उपकरण खरिद नगरून् भन्ने वेलायत सरकारले चाहेको छ ।

गत वर्ष जनवरी महिनामा वेलायतले आफ्नो टेलिकम पूर्वाधारमा ह्वावेईको भूमिकाबारे समीक्षा गरेको थियो र त्यस बेला उक्त कम्पनीलाई वितरकका रूपमा कायम रहन दिने तर बजार हिस्सा भने नियन्त्रण गरिने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई

हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी