फेसबुकद्वारा नयाँ सुविधा थप, फोटो तथा भिडियो गुगलमा सार्न सकिने



सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिनेछ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ । गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ ।

त्यसका लागि सेटिङ्गमा जानु पर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ । फोटो सार्ने सेवा सुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चोरी तस्करी रोक्न पर्सामा ‘सीसी क्यामेरा’ जडान

पर्सा ।  चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न पर्साका विभिन्न आठ स्थानमा ‘सीसी

डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्न पुनको सुझाव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले

नेपालका हिमाली क्षेत्रमा हिमालका आधार शिविरहरुमा कसले चलायो एलन मस्कको स्टारलिंक इन्टरनेट ?

काठमाडौं । हिमाल आरोहण संचालन गर्ने कम्पनीहरुले अनाधिकृत रुपमा स्टारलिंक इन्टरनेट सेवा संचालन

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’ सेवा

काठमाडौँ । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा