कांग्रेस नेता को-को पुगे विशेष महाधिवेशनमा सहभागी हुन ?(फोटोफिचर)


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा भाग लिन महामन्त्री गगन थापा भृकुटीमण्डप पुगेका छन् । महामन्त्री थापा महाधिवेशनस्थल पुग्दा उनको समर्थनमा महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । महामन्त्री थापाले महाधिवेशनस्थल आउनुअघि घरबाट निस्किँदा आफ्ना बाबुआमाबाट आशीर्वाद थापेर निस्किएको तस्बिर सार्वजनिक गरेका थिए ।

महाधिवेशनमा भाग लिन नेता चन्द्र भण्डारी, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, नेता महेश आचार्य, प्रदीप पौडेल, अर्जुननरसिंह केसी, पूर्वसभामुख तारानाथ रानाभाटलगायतका नेताहरु भृकुटीमण्डप पुगेका छन् ।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गाेपाल दाहाल / रासस