तीन प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णय, १८ देशमा राजदूत सिफारिस
काठमाडौँ । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायत-चन्द्रप्रसाद घिमिरे, जर्मनी-शैल रुपाखेती, साउदी अरब-नरेशविक्रम ढकाल, इजरायल-धनप्रसाद पण्डित, दक्षिण अफ्रिका-कपिलमान श्रेष्ठ, दक्षिण कोरिया-शिवमाया तुम्बाहाङ्फे, पोर्चुगल-प्रकाशमणि पौडेल, पाकिस्तान-रिता धिताल, अस्ट्रेलिया-कान्ता रिजाललाई सिफारिस गरिएको छ ।
बैठकले चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, रुसका लागि मिलनराज तुलाधर, श्रीलंकाका लागि वासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदू दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ । अहिले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख छन् ।