दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ र सहन्नौँ पनिः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलोपटक चरम निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए ।

कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए । उनले बैंकमा पैसा थुप्रेको र लगानी गर्ने व्यक्तिहरू तयार नभएका बताए । उनले सरकार थालेको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए ।

उनले भने, ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन् ।’

उनले निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको बताए । उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’

उनले सरकारले भ्रष्टाचार नगर्ने र नसहने पनि बताए । उनले भने, ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु, दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ । भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्छौँ। जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’

प्रधानमन्त्रीले भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीबी राईलाई नेपाल फिर्ता पठाउन सहयोग गर्न मलेसियाको संसदीय प्रतिनिधिमण्डललाई सूर्य थापाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारी ठगी गरी फरार रहेका जीबी

विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु