देश प्रशंसा गर्न लायक छ, तर अवस्था छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा ६२ औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको अवस्था सन्तोषजनक नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताएका हुन् ।

उनले देश अप्ठ्यारो अवस्था रहेकाले त्यसलाई सजिलोमा परिणत गर्नुपर्ने बताए । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्नेछ ।’

उनले देशको अप्ठ्यारोको समाधान खोज्ने सकिने भएकाले इन्जिनियरहरुलाई ढुक्क हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

शेरा दरबारमा मेरो संलग्नता छ भने फाइल खोल भनेको थिएँ, तर हिम्मत गरेनन्ः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ

मौसम खराबीका कारण अबको तीन-चार दिन सगरमाथा आरोहण नहुने

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा