यदि म मन्त्री भएर कतै तपाईंहरुलाई अनुसन्धान गर्न अप्ठेरो थियो भने आजैदेखि सुरु गर्नुस्ः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री भएका कारण आफूमाथि अनुसन्धान गर्न समस्या भएको भए आजैदेखि अनुसन्धान सुरु गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा आइतबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले मन्त्री भएको कारण आफूमाथि अनुसन्धान गर्न केही अप्ठ्यारो परेको भए आजैदेखि अनुसन्धान सुरु गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘मेरो विषयमा धेरै कुरा उठेका छन् । हिजो पनि उठेका छन् । पत्रपत्रिकामा यहाँ छन् फाइल त्यहाँ छन् फाइल भनेर आएका छन् । मेरो फाइल कहाँ रहेछ भनेर कतै भनेको छैन । यदि म मन्त्री भएर कतै तपाइँहरुलाई म माथि अनुसन्धान गर्न अप्ठेरो थियो भने आजैबाट अनुसन्धान गर्नुस् । मैले सदनबाट पनि भनेको छु कि गृहमन्त्री नै दोषी छ भने मन्त्रालयबाटै हत्कडी लगाउनुस् भनेर बोलेको छु । द्धैध चरित्र राखेर एउटा नेता धेरै माथि जान सक्दैन ।’

त्यस्तै उनले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरे । उनले भने, ‘कतिपय छानबिनका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए। कयौँ कुराहरू बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम छ । खबरदारी गर्ने निकाय नहुँदा, विशेषगरी भागबन्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस् ।’

उनले आफू प्रतिपक्षमा बसेर यी घटनाहरूलाई नजिकबाट नियालिरहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अव धिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको