कांगेसले भन्यो-अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुन्छ



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको शनिबारको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताए ।

“नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको स्वागत एवं समर्थन गरेको छ”, प्रमुख सचेतक लेखकले भने, “अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ ।”

उनले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताए ।

प्रमुख सचेतक लेखकले संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताका सवाललाई सम्बोधन गर्न अब बन्ने सरकार तयार रहेको दोहोर्याए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै भएको सहमतिअनुसार पहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र त्यसपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको छ ।

यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसद्लाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै