प्रचण्डलाई बाबुरामको कटाक्षः ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले….’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले मन्त्रीहरु राजीनामा दिन जाँदा गीत गएको प्रसंग निकाल्दै कटाक्ष गरेका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री प्रचण्डमाथि कटाक्ष गरेका हुन् । बुधबार साँझ राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले…’ गीत गाएको खबर सार्वजनिक भएको थियो ।

त्यसपछि भट्टराईले भनेका छन्, ‘कसैलाई माया गर्नु’ हैन ‘(कुर्सी)लाई माया गर्नु एउटा भूल गरें मैले..’ भन्नु बढी तथ्यपरक होला !’

सरकार गठनका लागि कांग्रेस र एमालेबीच सहमति भएपछि भट्टराईले प्रचण्डलाई सधैंभरी सबैलाई ठग्न नसकिने भन्दै कटाक्ष गरेका थिए ।

उनले भनेका थिए, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको