रास्वपाको स्थापना दिवसमा ‘घण्टी’ बजाउन शीर्ष नेताहरुको लाइन(फोटोफिचर)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

रास्वपाको वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, सभामुख देवराज घिमिरे लगायत सहभागी भएका छन् ।

चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविको प्रश्नः कांग्रेस र एमाले मिल्दा पनि काम गरेन भने के हुन्छ भन्ने सोच्नु भएको छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेको गठबन्धन बन्दा

हामी ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्ने पक्षमा छौंः प्रधानमन्त्री(संसदमा सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका

सात बुँदे सहमतिप्रति कांग्रेस दृढ छ, एमाले पनि हुनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध

सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिन्छौंं र सहकारी ठगलाई कारबाही गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।