सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने कांग्रेसको निर्णय



गण्डकी । नेपाली कांग्रेसले सर्वोच्च अदालतले मुद्दा किनारा नलगाएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बिहीबार विज्ञप्ति जारी गरी मुद्दा किनारा नलागेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने जानकारी गराएका हुन् ।

सर्वोच्चमा दायर रिटको निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’

वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई अर्बले घटेको कर्णालीको बजेटमा के–के परे प्राथमिकतामा ?

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड

रीतबहादुर खड्का क्रान्तिकारी नेताः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको

सेलेब्रेटी गाँजा

डा. गोविन्दशरण उपाध्याय । स्थान : चियापसल, समय : दिउँसो ३ बजे बागबजारको

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख