गृहमन्त्रीलाई जुन आरोप लागेको छ, त्यसलाई व्यक्ति होस् वा पार्टी कसैले पनि बचाउन सक्दैनः शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताएका हुन् ।

उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरेका छन् । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने माग गरे ।

उनले भने, ‘देशमा कानुन छ। दुईवटा नागरिकता र पासपोर्ट भएका गृहमन्त्रीलाई त्यो कानुन लाग्दैन ? उहाँलाई केही हुँदैन। किन हुँदैन ?’ उनले गृहमन्त्री भएकै नाताले लामिछानेले सहकारी ठगीबाट उन्मुक्ति पाउन नसक्ने निष्कर्ष कांग्रेसको रहेको बताए ।

उनले भने, ‘गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीबाट उन्मुक्ति दिने ? त्यो हुन सक्दैन। ठगीबाट उहाँले उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने नेपाली कांग्रेसको ठहर छ । ‘व्यक्ति होस् वा पार्टी कसैले पनि बचाउन सक्दैन।’ कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई अर्बले घटेको कर्णालीको बजेटमा के–के परे प्राथमिकतामा ?

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड

रीतबहादुर खड्का क्रान्तिकारी नेताः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको

सेलेब्रेटी गाँजा

डा. गोविन्दशरण उपाध्याय । स्थान : चियापसल, समय : दिउँसो ३ बजे बागबजारको

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख