गगन थापाको प्रश्नः संसदीय छानबिन समिति बनाउन किन डराएको, किन भागेको ?(भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएको छ ।

बिहीबार सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भएको उल्लेख गर्दै छानविन समिति नबनेसम्म संसद नचले त्यसको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न किन डराएको भनेर गृहमन्त्री लामिछानेलाई प्रश्न गरे । उनले सरकारलाई सजिलो होस् भनेर आफूहरू लचिलो बने पनि अब कांग्रेस पर्खन तयार नभएको बताए ।

महामन्त्री थापाले महान्यायाधिवक्ता सरकारसँग झुकेर लम्पसार परेको आरोप लगाए । उनले भने, ‘संसदीय छानबिन समिति बनाउन किन डराएको, किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । महान्यायाधिवक्ता झुक्दा–झुक्दा लतारिदिनुभयो ।’

उनले संसद अवरुद्ध आफूहरुको बाध्यता भएको उनले बताए । उनले भने, ‘सभामुखज्यू, म यहाँ उभिएर उठेका विषयमा कुरा राख्न चाहन्थें । हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न नि चाहन्थें । बाढी पहिरोको नियन्त्रणको बारेमा सोध्न नि चाहन्थें । दलहरु फोडेर उथलपुथल गर्ने काम कति बाँकी छ भनेर नि सोध्न चाहन्थें । तर यो प्रश्नमा उठाइरहँदा सांसदको घाँटी निमोठिदै छ भन्ने महसुस भइरहेको छ, । गृहमन्त्रीजीले केही दिन अघि संसदबाहिर उभिएर संसद चार वर्ष बन्द गरेपनि हुन्छ भन्नुभएको थियो । आज सदनमा त्यस्तै किसिमको दृश्य बन्दैछ । यसको जिम्मा सरकारले लिने कि नलिने ? हामीलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी संसद चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । कांग्रेसको एउटा मात्र माग हो । संसदीय छानबिन बन्नुपर्दछ ।’

संसदको अवरोधको जिम्मा पनि कांग्रेसले नलिने उल्लेख गर्दै उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब