देउवा र माधव नेपालबीचको छलफल सकारात्मक



काठमाडौं । नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई मिलेर जान आग्रह गरेको छ । बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेर जान आग्रह आग्रह गरेका हुन् ।

भेटमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले धोका दिएकाले सँगै मिलेर जान आग्रह गरे थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीमा छलफल गरी यसबारे निर्णय गर्ने बताएका छन् । दुई नेताबीच नयाँ सत्ता समीकरण र पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल भएको थियो ।

भेटपछि अध्यक्ष नेपालले भेट सकारात्मक रहेको र छलफललाई निरन्तरता दिइने बताए । भेटमा सहभाभगी कांग्रेस नेता रमेश लेखकले आफूहरु सँगै अघि बढ्ने समझदारी भएको र बाँकी कुरा एकीकृत समाजवादीको सचिवालय बैठकपछि थाहा हुने बताए ।

यसअघि मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी