माधव नेपाललाई गठबन्धनमा सहभागी हुन प्रचण्ड र ओलीको प्रस्ताव



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई सत्ता समीकरणमा सहभागी हुन आग्रह गरेका छन् । मंगलबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता समीकरणमा सहभागी हुन आग्रह गरेका हुन् ।

नेपालसँगको भेटमा प्रचण्ड र ओलीले विगतमा तितामिठा कुरालार्ई बिर्सेर नयाँ सत्ता समीकरणमा सहभागी हुन आग्रह गरेका थिए । अध्यक्ष नेपालले भने विगतमा आफूले धोका पाएको बताएका थिए । अध्यक्ष नेपालले ओली र प्रचण्डलाई समीकरणमा सहभागी हुने बारेमा कुनै निर्णय नदिएको एकीकृत समाजवादीका एक नेताले बताएका छन् । उनीहरु बाहिरिए लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेपाल निवास पुगेका थिए ।

यसअघि सोमबार साँझ पनि प्रधानमन्त्री अध्यक्ष नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल यत्रो सत्ता समीकरणकाबारेमा आफूलाई जानकारी नदिएको भन्दै प्रचण्डसँग रुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी