एमालेसँगको सत्ता समीकरणप्रति माओवादीभित्र असन्तुष्टि



काठमाडौं । वामपन्थी एकताका लागि सत्ता गठबन्धन गरिएको एमाले र माओवादी नेतृत्वले बताएपनि माओवादीका केही नेताले यसको विरोध गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता समीकरण गरेकोमा माओवादीका केही नेताले प्रचण्डलाई संकेत गर्दै यो मुखियाले आफ्ना निम्ति गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्य वाम एकताका लागि भएको बताइरहेका बेला नेकपा माओवादी केन्द्रका एकजना नेताले भने यो प्रचण्डका लागि मात्र भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमालेसँगको सहकार्य प्रचण्डका लागि मात्र भएको टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘गठबन्धन नगरी खाको नपच्ने भएपछि त्योसँग भन्दा योसँग राम्रो तर चस्मा ? मुखियाले आफ्नो निम्ति जे पनि गर्ने पुरानो नेपाली समाज !’

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले अहिलेको सत्ता समीकरणबाट माओवादीले ठूलो क्षति बेहोर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘एमाले र नेकपा (माओवादी केन्द्र) बीच बिगतमा रहेको गम्भीर मतभेदको आत्मसमिक्षा सहित समाजवादको दिशामा अगाडि बढ्न र भविष्यमा एकताको लक्ष्यसहित नयाँ गठबन्धन बनेको छ भन्ने स्वागत योग्य छ। अन्यथा विगतमा जस्तै सरकार बनाउन र गिराउनमै सीमित हुने हो भन्ने यसबाट सबैभन्दा ठूलो क्षति माओवादीले बेहोर्नुपर्ने हुन्छ !’

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धन फेरबदलबाट काङ्ग्रेसलाई “माओबादी–बन्धन“ बाट मुक्ति मिलेको र अबको राजनीति अवसरमय हुने टिप्पणी गरेका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो गठबन्धनले प्रतिगमनको आधार तयार गर्ने टिप्पणी गरेका छन् । उनले यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको साटो कमजोर बनाउने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो । केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो । यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो ? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाँकी रहेकाहरूले भन्नै पर्छ – अब अति भो ।’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन् । उनले भने, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन । कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले पनि पार्टी सरकारमा गएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ’जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । हामी पनि उनीहरु जस्तै छौँ भन्न ’आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?’ यो प्रश्नको जवाफ मसँग छैन ।प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा के फरक पर्छ ? र पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अंगालो हाल्दै किन बालुवाटार गयौँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ