गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा माओवादीका दुईमन्त्री बर्खास्त



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले दुई मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गरेको बताए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेपछि प्रदेशमा पनि त्यसको असर देखिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै

  काठमाडौँ ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रु) हुने भएको

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा

सम्पत्ति शुद्धीकरण मुद्दा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड भन्दाबढी जरिवानाको फैसला

काठमाडौं । विशेष अदालतले सेयरको भित्री कारोबारको अभियोगमा दोषी ठहर भएका गुरुप्रसाद न्यौपानेलाई

इरान र इजरायललाई अधितकतम संयम हुँदै वार्तामार्फत समाधान खोज्न नेपालको आग्रह

काठमाडौं । नेपालले इरान र इजरायललाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ