सबै दललाई ‘रियलाइजेशन’ मा पुर्याउने र ईख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन



नारायण गाउँले ।
कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए । आज गोटी बन्न पाउँदा निकै हर्षित देखिन्छन् । औचित्य र अस्तित्व दुबै सिद्धियो भनेका माओवादीसँग ती दुई दलको कुनै स्पर्धा छैन । एक तहमुनि को बस्ने भन्ने स्पर्धा हो तिनको । तिनको दुःख, खुशी, हार या जीत भनेको काँध बन्न पाउनु र नपाउनुमा हो । रोचक त के छ भने आफ्नै काँधको निर्णय पनि तिनको आफ्नो हातमा छैन । थाप्छु भन्नेबित्तिकै पनि पाइन्न । कुर्नुपर्छ । प्रचण्डले दिए, एमालेले सभामुख पायो । कंग्रेसले ’रियलाइज’ गर्यो, राष्ट्रपति पायो ! फेरि एमालेले रियलाइज गर्यो, केही मुख्यमन्त्री पाउने भो ! भोलि कांग्रेसले फेरि रियलाइज गर्ला र बाँकी बचेको केही पाउला ।

रियलाइजेशन भनेको आफ्नो हैसियत र स्तरको पहिचान न हो । सङ्ख्यामा सानो होला, तर देशका ठूला साना सबै दललाई ’रियलाइजेशन’ मा पुर्याउने र ईख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन । र, यतिबेला कांग्रेस एमालेजस्तै हाम्रो रियलाइजेशन पनि के हो भने, तीन जनामध्ये प्रधानमन्त्रीका लागि उपयुक्त पात्र प्रचण्ड नै हुन् । १७ हजार त सत्ताबाहिर हुनेबित्तिकै मुखमा आइहाल्ने एउटा अर्थहीन थेगोमात्रै हो दलहरूको । आफ्नो काँध खाली हुँदा चिलाउनु स्वाभाविक हो । कन्याएर आफैले आनन्द लिनका लागि हो १७ हजारको प्रसङ्ग कोट्याउने । हिजो एमाले र रास्वपाले कन्याए, अब केही महिना कांग्रेसले कन्याउँछ ।

के बुझौँ भने एक्लै कसैले केही खेल्न सक्दैन । अरू पनि सहभागी भएकाले नै त खेल बन्ने हो ! अरूले पनि खेलेकै हुन्, खेल्छन् । प्रचण्डले अलि बढ़ी खेले होलान्, यत्ति हो । नागरिकको रूपमा, हिंसात्मक विगत, अस्थिर राजनैतिक चरित्र, ठोस आदर्श र अड़ानको अभावजस्ता कुरा बिर्सिने हो भने प्रचण्डको प्रधानमन्त्रीत्व बाँकीभन्दा खराब छैन । प्रतिपक्षका कुरा सुन्छन्, स्पेस दिन खोज्छन् ।

संसदमा जाँदै नजाने या एक वर्षमा जाने र दुई घण्टा ‘सम्बोधन’ गर्ने जस्तो परम्परा थियो, उनले तोडेका छन् । आफै उपस्थित हुन्छन्, प्रश्नहरू सुन्छन्, जवाफ दिन्छन् । आक्रोश सुन्छन् र नम्र भएर जवाफ दिन्छन् । एक पैसा काम गरेर एक मोहोरको गफ गर्दैनन्, गर्न सकिएको छैन भन्ने ‘रियलाइज’ गर्छन्, माफी माग्छन् । भ्रष्टाचारका यत्ति धेरै फाइल खुलेको र ठूला माछासम्म पुगेको पनि उनको अडानले नै हुनुपर्छ । निर्मूल त कसले गर्न सक्छ र ! सबैभन्दा ठूलो कुरा, आफू अलग हुनेबित्तिकै शब्दकोश नै रित्तिने गरी दुर्वचन र गाली गर्दैनन् ।

मिशन ८४ पछि कसको के हुन्छ, यसै भन्न सकिन्न । पार्टी सदस्यले त यता र उता हुँदा के भन्ने भन्ने पहिल्यै घोकेका हुन्छन्, अरूले चाहिँ तिनकै पछि लाग्नु किन ? कामको आधारमा, गुणदोषको आधारमा टिप्पणी गर्ने हो । अबको ३–४ वर्ष उनै प्रधानमन्त्री हुन् भने उनी असफल हुनु भनेको देश नै असफल हुनुजस्तै हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा