कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक आज दिउँसो २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।