दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू, राज्य संयन्त्र र संविधानको हो



केशवप्रसाद भट्टराई ।

दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू,राज्य संयन्त्र र संविधानको हो । हिम्मत भए तलको तथ्य र प्रमाणलाई गलत सावित गर्नुहोस् ।

१. सवाल चोलेन्द्र शम्सेरको हुँदै होइन, सुशीला कार्कीलाई महाभियोग लगाउनु भयो, उनको अवकाश प्रिय र सम्मानजनक रहेन । त्यसपछि दीपकराज जोशी र गोपाल पराजुलीलाई पनि अपमानजनक ढङ्गमा सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट हटाउनु भयो । राजनीतिक असभ्यता प्रदर्शन गर्नुभयो । अहिले चोलेन्द्र समशेर । मध्यरातसम्म कुनै पार्टीका नेता, प्रधान न्यायाधीशको निवाशमा बसेर. नियुक्त हुने न्यायाधीशहरूको अन्तिम सूची तयार गरेर बाहिरिएका खवर मिडियामा आएकै हुन् । न्यायाधीश नियुक्त गर्ने संरचनामा कानुनमन्त्री भैसकेपछि फेरि प्रधानमन्त्रीको प्रतिनिधि किन चाहिने ? राजनीतिक दललाई प्रतिनिधित्व गर्ने बार एसोसिएसनको प्रतिनिधि चाहिन्छ ?

२. न्यायाधीशहरूको नियुक्ति र बर्खास्ती लगायतका काम गर्ने पाँच जनाको परिषदमा वहुमत अर्थात् तीन जना प्रतक्ष राजनीतिक दल सम्बद्ध निकायले योग्य, इमान्दार र निष्पक्ष न्यायाधीशहरू नियुक्त गर्न सक्दछ ? त्यस्तो नियुक्ति हुन नदिने राज्य संयन्त्र छ ? अनेकौँ स्वच्छ छविका योग्य र इमान्दार न्यायाधीशहरूलाई सर्वोच्चसम्म आउन नै नदिने सिन्डिकेट छ । कतिपय होनहार न्यायाधीशहरूलाई वर्षौँ सम्म अस्थायी नै राखेर सर्वोच्च बाट उमेरका कारण अवकाश दिने दल, बार र अदालतको सिन्डिकेटले गरेको अपराध कम छ ?

म साधारण मलाई धेरैकुरो थाहा छैन –
३. तर यी तीन उदाहरण हेरौँ –
३. १. तर राजा महेन्द्रको पालामा उनका ससुराले कुनै सम्पत्ति सम्बन्धी मुद्दा हारे ।
३. २. वीपी कोइराला र गणेशमान विरुद्ध आठ वटा राजद्रोह, राष्ट्रद्रोह र आतंक मच्चाएका जस्ता मुद्दाहरू , स्वयम् राजा माथि ग्रिनेड प्रहारद्वारा हत्या प्रयास, विमान अपहरण, ओखलढुंगा काण्ड । सर्वोच्च अदालतले बारम्बार त्यस्ता राजनीतिक मुद्दामा सरकारलाई हराइरहेको परिवेशले पनि कतै काम गरे नगरेको तर न्यायाधीश जनकमान श्रेष्ठको एक सदस्यीय विशेष अदालत गठन गरियो । न्यायाधीश श्रेष्ठ कम्युनिस्ट विचारधाराका थिए । काठमाडौँका प्रथम मेयर थिए । मातृका सरकारले उनलाई मेयरबाट बर्खास्त मात्रै गरेन गिरफ्तार समेत गर्यो । कम्युनिस्ट पृष्ठभूमिको भएको र काङ्ग्रेस प्रति कडा पूर्वाग्रह राख्ने भएका कारण मकवानपुर जिल्ला अदालतमा कार्यरत रहेका उनलाई वीपी र गणेशमानको मुद्दा हेर्ने विशेष अदालतमा ल्याइयो । कसले सोचेको थियो वीपी र गणेशमान विरूद्ध मृत्यु दण्ड, सर्वस्व हरण र आजीवन करावाश हुने फैसला नआउलान् भनेर ? नत्र मकवानपुरमा कार्यरत उनलाई किन ल्याइन्थ्यो ? उपत्यकामै थिए –एक से एक । तर तिनै जनकमानले वीपी र गणेशमानलाई सवै मुद्दामा सफाई दिए ।

३. ३. २०६१ साल माघ १९ गते राजाले सवै अधिकार आफ्नो हातमा लिएर प्रतक्ष शासन आरम्भ गरेपछि पूर्व प्रशासक भक्त बहादुर कोइरालाको नेतृत्वमा अधिकारसम्पन्न भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन भयो । जो कसैलाई जुन सुकै समयमा गिरफ्तार गरेर कारवाही गर्न गराउन सक्ने, राजा पछिको दोस्रो शक्तिशाली व्यक्ति थिए–भक्तबहादुर कोइराला । त्यस्ता व्यक्तिको नेतृत्वको राजाकै पहिचान बोकेको शाही शब्द समेत जोडिएको आयोगलाई सर्वोच्च अदालतले गैर संवैधानिक भनेर खारेज गरिदियो । दलहरूले गुड्डी हाक्नै पर्दैन राजा ज्ञानेन्द्रको प्रतक्ष शासनलाई पहिलो ठूलो धक्का नै सर्वोच्च अदालतको त्यो फैसला थियो । त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा राजालाई अप्ठेरो परिवेश निर्माण गरिदिएको थियो ।

४. त्यो हो सर्वोच्च अदालत । त्यो हो नेपालको न्याय परम्परा ।

५. न्यायिक क्षेत्रमा विचलन आएको छ भने त्यो राजनीतिक दलहरूका कारण आएको छ । अपराध भएको छ भने दलहरूले गरेका छन् । दलहरूले बोकेका बारले गरेका छन् । न्यायाधीशको नियुक्ति पाउन दलहरुका नेता र शक्तिकेन्द्र धाउने वकिलहरूले गरेका छन् । चोलेन्द्र पनि योग्यता, क्षमता र इमान्दारिताको बलमा नभएर त्यही बाटो आएका हुन्, उनलाई तोकिएकोकाम गर्ने गरी कबुल गराएर ल्याइएको हो । दोषी उनी मात्रै कि त्यसरी ल्याउने ? मेरो प्रश्न त्यत्ति हो । उनी स्वच्छ, इमान्दार र सक्षम नहोलान् किनकि मुलुकलाई योग्य, इमान्दार र सक्षम न्यायाधीश दिने लक्ष र प्राथमिकता न दलहरूको, न राज्य संयन्त्रको न संविधानको । यो मामिलामा संविधान नै खोटो छ । दोषी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने