नयाँदिल्ली । आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ।
पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो। एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
आगो नियन्त्रणका लागि दमकलसहितका १४ वटा टोली खटिएका थिए। एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया