शिक्षाक्षेत्रमा पर्वतबाट ‘मल्लवाद’



डा. गोविन्दशरण उपाध्याय ।

सरकारी विद्यालयहरूलाई ‘झोलावाद’बाट मुक्त गर्ने अचुक औषधि पर्वतको पैंयु गाउँपालिकाले आरम्भ गरेको छ । शिक्षा क्षेत्रमा यो बालेन कदमलाई मैले ‘मल्लवाद’ भन्न रुचाएँ । यो कामले (निर्णयले) थर मल्ल झैं, काम पनि मल्ल (पहलमान) फलिभूत हुने छ भन्ने विश्वास राख्न मिल्छ । यो मल्लवाद ‘झोलावाद’ विरुद्ध एउटा आन्दोलन बनेर उभ्रनु पर्छ । जेहोस्, आरम्भ पैयुँले गरेको छ, पर्वतेले यो आन्दोलन स्रुरु गरेको छ ।

जे कुरामा पनि अमेरिका र बेलायतसँग दाज्ने र तिनै पश्चिमाहरूको राजनैतिक प्रतिमानलाई वोकेर राजनैतिक साम्राज्य खडा गरेको नेपाली नेतृत्वले ती देशहरूका राजनैतिक दल र कर्मचारीहरूले (राष्ट्रपतिलेसमेत) आफ्ना सन्तानहरूलाई सरकारी विद्यालय मै पढाउछन् भन्ने कुरा जनतालाई भन्दैनन् । अनि, बालबालिका बसेको भन्दा २८ मिनेट भन्दा परका विद्यालयहरूले आफ्नो क्षेत्र वाहिरका विद्यार्थीलाई भर्ना लिन पनि पाउंदैनन् भन्ने तत्थ्य पनि बोल्दैनन् । मल्लवादले विहान सात बजे निजी विद्यालयको बसमा चढेर ९ः३० बजे विद्यालय पुग्ने र बेलुका ३ः३० मा विद्यालयको बसमा चढेर ६ः३० मा घर पुग्ने अघोषित अपराधको दण्ड पाइरहेका बालबालिकाले पनि राहत प्राप्त गर्ने छन् ।

गुणस्तरीय शिक्षाको नाममा निर्दोष बालबालिकाको अमूल्य बाल्यकालला दैनिक ४–६ घण्टा वसको सीटले हसुरी रहेको छ । अभिभावक, शिक्षक, जनप्रतिनिधि, सरकारका कारिन्दाहरू “मेरा छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन्“ भनेर मख्ख परिरहेका छन् । बालबालिकाको बाल्यकालले सरापेको सरापले तिम्रो बुढ्यौली सबैभन्दा दुःखद, एक्लो र तनावपूर्ण बन्ने छ । प्रतिनिधि खोज्न शहरिया तथाकथित “उच्चतह“का महंगा घरका एक्ला निवासी “बूढाबूढी“ भेट्दा हुन्छ । बालबालिकाको बाल्यकाल खाएका अभिभावकहरूको बुढ्यौली एक्लोपनले खाँदै छ । सत्य यही हो ।

‘मल्लवाद’ विरुद्ध धेरै एनजिओ/आइएन्जिओ, शिक्षाविदहरूको घोर आपत्ति आउने छ । विश्वको आठौं र नेपालको पहिलो शिक्षालय ‘त्रिविवि’ थलिएर लड्न आँटेको छ तर झोलेहरू नयाँनयाँ विवि स्थापित गर्न सफल भएका छन् ।  सरकारका मान्छेहरूनै सरकारलाई असफल तुल्याएर व्यापार गर्न कस्सिएपछि ‘मल्लवाद’को उदय हुनैपर्छ । यदि यो मल्लवाद चर्चापरिचर्चाका लागि मात्र हो भने घोषणामा सीमित हुन्छ, होइन भने हरेक वडाको विद्यार्थीलाई त्यसै वडाको विद्यालयमा पढ्न अनिवार्य बनाउनु पर्छ । विद्यालयलाई पूर्वाधारयुक्त बनाउन मद्दत गर्नुपर्छ, साथै अंग्रेजीवादबाट उभ्रिनुपर्छ ।

मैले ‘मल्लवाद’ भन्ने नामकरण गरें किनभने राजनैतिक चेतनाका नाममा राजनैतिक दलहरूले विद्यालयका शिक्षकहरूलाई ‘झोले’ बन्न विवस गरेका छन् र ‘झोले’ बनेपछि स्वामीहरूको सेवा गर्नु बाध्यता बन्छ । जे–जस्तो तरिकाले नियुक्त होस्, शिक्षक, शिक्षक नै हो । झोला बोक्नु पर्दा पीडा हुन्छ तर दशैंको बोकाझैं जहाँ गए पनि झोला बोलाउनेहरूकै जगजगी छ । पैयुँ गाउँपालिकाले यस्तो निर्णय गर्दा आफ्नै पार्टीका झोलावादको ठूलो विरोध सहनु पर्ने छ । अरूको त कुरा नै नगरौं ।

आफ्ना बालबालिका कहाँ पढाउने भन्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र हुनुपर्छ तर विश्वबाट ऋण लिएर शिक्षाक्षेत्रम लगानी गर्ने अनि, झोलेहरू भर्ति गरेर शिक्षा, शिक्षक/शिक्षिका तथा जनताको मानमर्दैन गर्दै शिक्षाको समान अधिकारबाट बन्चित राख्दै ‘धनिहरू निजी विद्यालयमा र गरीवहरू सरकारी विद्यालयमा’ भन्ने अघोषित परियोजना सुनिश्चित गर्न सघाउनेहरूका लागि यो ‘मल्लवाद’ ठीक हो भनेर स्वागत गर्नुपर्छ । विद्यालय/कलेजमा पढाउने शिक्षक/शिक्षिकालाई ‘राजनैतिक दल वा तिनका भ्रात्री संगठनहरूको सदस्यता लिन र तेसको झोला बोक्नबाट रोक्नुपर्छ । आस्थाका आधारमा मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्न मिल्दैन ।

तर संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्दै निजी लगानी गरेर शिक्षा–सेवा गरिरहेका उद्यमीहरूको उद्योगमा भएको लगानीका विषयमा पनि सोच्नु पर्छ । लेख्दैगर्दा अलि बढी लेखें कि जस्तो पनि लाग्यो तर पर्वतेले आरम्भ गरेको यो आन्दोलन नेपालीव्यापी होस् भन्ने चाहना राख्छु त्यसैले यो लेखें, झोलावादीको सरापले मलाई पोल्नेछैन । मैले प्रयोग गरेको ‘झोले’ शब्द निकै अप्रिय हो तर झोलावाद विरुद्ध उभिने र क्षिक्षाप्रतिको दायित्व पालन गर्नेहरूका लागि यो उर्जा नै हो किनभने झोलावादबाट सबैभन्दा बढी पिरोलिने ‘दायित्वप्रति समर्पित’ शिक्षकशिक्षिका नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कुमोन सिकाइ विधि’नेपालमा

काठमाडौँ । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ

४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

  काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई