चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?



केशवप्रसाद भट्टराई ।
चुनावमा असल र इमान्दार मानिस चुन्न हामी पनि त असल र इमान्दार हुनुपर्यो, होइन ? नेता,सांसद, मन्त्री, प्रधानमन्त्री विद्वान हुनुपर्दैन ।

१. धेरै पढेको, जे विषय पनि जानेको चाहिन्न । भाषण गर्न, कुरा गर्न, कुरा फर्काउन, ओठे जवाफ लगाउन सिपालु पनि चाहिन्न । जनताका मनका कुरा बुझ्ने, आफ्ना मनका कुरा जनता समक्ष राख्न सक्ने भए पुगेन ?
अंग्रेजी फरर बोल्ने , अंग्रेजीमा भाषण गर्ने , अन्तरवार्ता दिने पनि चाहिन्न । मुलुक र जनताप्रति इमान्दार भए पुग्छ । देश र जनतालाई नढाट्ने भए हुन्छ । चोरेर, छलेर, ढाँटेर, खोसेर, लुटेर नखाने भए पुग्छ ।

२. तपाइँ हामीलाई एक दुई छाक मासुभात खुवाएको, एक दुई बोतल पिलाएको मूल्य उसले राज्यको ढुकुटीबाट बाचुन्जेललाई मासुभात, जाँड पानी खान र करोड करोडको गाडी चढ्न चोर्छ, लुट्छ भन्ने हामीले नबुझुन्जेल मुलुक सधैं यस्तै हो । सधैँ आफ्नै खाइन्छ ,पाँच पाँच वर्षमा आउने चुनावमा एकदुई साता कसैको खाने लोभ नगरे मात्रै पनि मुलुकले असल र इमान्दार सांसद पाउँछ । इमान्दार र असलहरूले चुनावमा उठ्ने हिम्मत गर्छन् ।

३. टाइको गाँठो बाँध्न जान्ने, सुट पाइन्टमा, अत्याधुनिक पोशाकमा सजिने पनि नभए हुन्छ । कमेज सुरुवाल, धोती कुर्ता, दौरा सुरुवाल लगाउने भए पुग्छ । अंग्रेजी जान्ने विषय विज्ञ त निजामती प्रशासनमा भैहाल्छन् नी । नेता, मंत्री इमान्दार भए त्यस्तासँग कामगर्न, त्यस्तालाई सघाउन,उनीहरूप्रति समर्पितहुन हिरिक्क हुने कर्मचारी नेपालमा प्रसस्त छन् । नेताले, मन्त्रीले बेइमान खोज्ने भएकाले ती विचरा लो प्रोफाइलमा रहिदिन्छन्न ।

४. विदेशमा गएर ठूला ठूला योजना मागेर ल्याउन सक्ने नेता पनि चाहिन्न । दाताहरू नै इमान्दार सरकार खोज्दै आउँछन् । अनुदान , सहयोग दिने उनीहरुको नीति हुन्छ, त्यो पैसा कसैलाई दिनै पर्दछ, दिएको हिसाव संसदलाई ÷राष्ट्रलाई देखाउनु पर्दछ । उनीहरुका प्राथमिकताका भूगोल हुन्छन् , क्षेत्र हुन्छन् । नेपालमा राम्रो र सफा काम हुन्छ भन्ने भए पछि खोज्दै आउँछन्, उनीहरुलाई सफल अभ्यास , सार्थक प्रयत्नमा सहयोग गर्ने रूचि हुन्छ । नेपालको मित्रता खोज्दै आउने हुन्छन् । राम्रो काम भए पछि अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाउँछ त्यो पढेर पनि आउँछन् ।

५. हामी मतदाता इमान्दार भए इमान्दार व्यक्ति हाम्रो सेवक हुन, नेता हुन , सांसद हुन आउने हुन् । रोगको उपचार खोज्न सही डाक्टर पनि त खोज्नु पर्यो । सही औषधि त खानु पर्यो । खान नहुने कुरा त खानु भएन ।

६. यो चुनावलाई परीक्षण गरौँ न ! आफ्नै वरिपरीका साधारण मानिसले राम्रा र इमान्दार भनेकालाई भोट हालेर हेरौं त । इमान्दार र स्वच्छ राजनीतिक चरित्रका आपÞmैले देखेका, चिनेका –बुझेकालाई भोट हाल्न किन सकिन्न ? कम्तीमा इमान्दार प्रयास गरौँ यो पटक असफल हौंला अर्को पटक हुँदैनौ । मुलुकको राजनीतिक वातावरण नै अर्कै बन्दछ । चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको