१२ देशमा फैलियो मङ्कीपक्स



कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ )ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ । तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन । डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ ।

मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो। सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन् ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन। जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ । यो रोगविरुद्ध छुट्टै खोप उपलब्ध छैन। यद्यपि बिफरविरुद्ध निर्मित खोपले ८५ प्रतिशत सुरक्षा दिन्छ। बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ।

अहिलेसम्म युरोपका बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन् । रोगको निगरानी गर्न अनि को प्रभावित हुन सक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको उसले जनाएको छ ।

रोगका कारण कुनै समुदायविरुद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ । डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले ग्रीष्म याम सुरु हुँदा जमघट, पर्व र भोज गरिँदा यो रोग फैलिने गति बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार अहिलेका सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये एक जनाबाहेक अरू सबैले मङ्कीपक्स भेटिने ठाउँको यात्रा गरेका थिए।

बेलायतमा यो रोगको पहिलो सङ्क्रमणको विवरण मे ७ मा आएको थियो। ती बिरामी नाइजिरिया गएका थिए र इङ्ग्ल्याण्ड फर्किनुअघि नै उनलाई सङ्क्रमण भइसकेको ठानिएको बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ । मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ। अहिले बेलायतमा २० जना पुष्टि भएका सङ्क्रमितहरू भएको स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो