सत्ता गठबन्धन बैठकः ‘न्यायालयको विवादमा छिटो निकास दिने दिशामा पहल हुने हामी आशा गर्दछौं’



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सर्वोच्च अदालतमा देखिएको विवादको यथाशिघ्र निकास दिनुपर्ने बताएको छ । गठबन्धनसम्बद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिन आग्रह गरेको हो ।

बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने आशा समेत व्यक्त गरेको समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘सर्वोच्च अदालतमा केही समययता भएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ । र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुने हामी आशा गर्दछौं ।’

समितिले आसन्न राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाएको दावी पनि गरिएको छ । समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि समितिले गरेको मन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भ्रमण भिसामा खाडी मुलुक जान रोक लगाएको छ । गृह

स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्य सरकारले उच्च प्राथमिकतामाः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको

१०,७०३ जनामा कोरोना संक्रमण, ७६६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कोभिडका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । केन्द्रीय