प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक



काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ ।  बुढानिलकण्ठस्थित पार्टी सभापति देउवाको निवासमा आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सभापति देउवाको नेतृत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरेको हो ।

पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु समितिको सदस्य रहने निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ ।

१४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए । त्यसैगरी महाधिवेशनलाई सम्पन्न गराउनका लागि नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ ।

प्रवक्ता शर्माका अनुसार भोजन तथा आवास समितिको संयोजक सुरेन्द्रराज पाण्डे, विदेश पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति र त्यसमा ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र यी विभिन्न समितिहरुमा संयोजकहरुले आवश्यकता अनुसार सदस्यहरु चयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता शर्माले जानकारी दिए । नेपाली कांग्रेसले सात वटै प्रदेश अधिवेशनहरु सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ ।

जस अनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ । प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजाललाई दिइएको छ । बागमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौडा तोकिएको छ ।

गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ । लुम्विनी प्रदेशको संयोजकमा बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रीय सदस्य जीवनबहादुर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई