सुदूरपश्चिममा अन्तरपार्टी निर्देशन लागू नभएको भन्दै भीम रावलको आपत्ति



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । मंगलबार ट्वीट गर्दै उपाध्यक्ष रावलले १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि) विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् । एमाले सुदूरपश्चिम कमिटीको बैठक आज बोलाइएको छ ।

उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)