निर्वाचनमा कांग्रेस एक्लै लडेर एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछः गगन थापा



भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेले चाहेको जस्तो अर्ली इलेक्सन अहिले सम्भव नहुने बताएका छन् । बुधबार नेपाली कांग्रेस गुण्डुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् ।

थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उनले भने, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”

थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए।

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन चोरी पैठारीमा पर्यटन बोर्डका सिइओ दोषी ठहर भएको खुलासा

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी

यस्तो छ कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश

काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी

नेपालद्वारा अफगानिस्तानलाई सहायता सामग्री हस्तान्तरण

काठमाडौं । नेपालले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ । नेपाली

नेपाली भूमिमा सडक विस्तारको काम रोक्न भारतलाई नेपालको आग्रह

काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा