एमालेले १० औं महाधिवेशनमा माधव नेपालबाहेकका शीर्ष नेतालाई बोलाउने



काठमाडौं । नेकपा एमालेले महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)बाहेकका पार्टीका शीर्ष नेतालाई बोलाउने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत समाजवादीलाई नबोलाउने जानकारी दिएका हुन् ।

उनले एकीकृत समाजवादी विभिन्न राजनीतिक शक्तिहरुको अवैधानिक सम्बन्ध वा लसपसबाट जन्मिएकाले उसलाई नबोलाउने बताएका हुन् । उनले भने,‘ त्यो अवैध पार्टी हो । अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।’

दशौं महाधिवेशनमा विभिन्न मुलुकका पार्टी, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यरातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबार हुने निर्वाचन प्रयोजनका लागि

निर्वाचन कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई कानुनविदको सुझाव

काठमाडौं । कानुनविद्ले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै

निर्वाचन आयोगले पठाएको पत्र संविधानको भावना विपरीत भएको राप्रपाको ठहर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत