जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा मानव जाति सचेत हुनुपर्छः राष्ट्रपति



मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छन् ।

सोमबार मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि राष्ट्रपति भण्डारीले निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताइन् ।

वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

गत असार १ गते आएको बाढीपहिराका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उनले बताइन् । “मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताइन् ।

विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरिन् ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताइन् । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पुर्याउनुपर्ने देखिएको उनको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताइन् ।

उनले आजदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गरिन् । यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उनको धारणा थियो ।

उनले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन भ्रमण गरेकी थिइन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रका बारेमा पनि उनले जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिएकी थिइन् ।

प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ ।

स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति भण्डारीले यहाँको अवस्थाका बारेमा सामान्य सोधपुछ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत