अवसर पाएर काम गर्न नसक्नेहरुलाई नेतृत्वमा दाहोरिने छुट छैनः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोयोर्याउन नहुने बताएका छन् । नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले १३ औं महाधिवेशनपछिको नेतृत्वले पाएको जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए । ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् ।’ उनले भने, ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताए । उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेको भन्दै आपत्ति जनाए ।

विधि र नियम अनुसार अगाडि बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे । पार्टीका आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई छ ।

नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नुपर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेना र प्रहरी पनि हाम्रै पक्षमा छन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई पराजित गर्नका

चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?

केशवप्रसाद भट्टराई । चुनावमा असल र इमान्दार मानिस चुन्न हामी पनि त असल

पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्णः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेताहरुलाई मिलाउनु आफ्ना

प्रहरी समायोजनको माग गर्दै केन्द्र सरकारविरूद्ध मधेश सरकारद्वारा धर्नासहितको आन्दोलन घोषणा

जनकपुरधाम । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ ।