प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको नाराबाजी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो ।

सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए । एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनका लागि संसद संचालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले नाराबाजी गरिरहे । भदौ २३ गते प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिनदेखि एमालेले संसदमा अवरोध गरिरहेको छ । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा भवनमा हुने भएको छ

नौ मुलुकबाट आउने यात्रुलाई प्रवेश अनुमति नदिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट

राष्ट्रपतिद्वारा मंसिर २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन्

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँः राष्ट्रपति

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा