ओलीको प्रश्नः एमालेले जस्तो देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न सक्छ ?



झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन् ।

आइतबार नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र सम्वद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताएका हुन् ।

उनले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एकढिक्का भएर लाग्ने बताए । अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवद्र्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।”

उनले आजै नेपाली कांग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरे । अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबारसम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अविधेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिए । उनले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गरे ।

कार्यक्रममा संसदीय दलका उपेनता सुभास नेम्वाङले देशभर अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउँदै भने, “अरू पार्टीमा भुइँचालोको परकम्पन गए झैँ भएको छ । एमालेमा सुमधुर सङ्गीतको जस्तो आवाज देशभरबाट उर्लिएर पार्टी प्रवेशको लहर चलेको छ ।”

पार्टीका वरिष्ठ नेता लेखराज भट्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन प्रतिबद्ध रहेको भन्दै नवप्रवेशीहरुलाई एमाले प्रवेश गरेकामा पछुताउनु नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज