रावलले दिए १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलबाट राजीनामा दिएका छन् । कार्यदल संयोजक रहेका रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका हुन् । उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राखेका छन् ।

उनले पार्टीको अन्तर पार्टी निर्देशन पद्धति, प्रक्रिया र निर्णय विपरीत भएकाले आफूले फरक मत राखेको बताए । उनले भने, ‘कार्यदलमाथि नै प्रश्न उठने गरी कुराकानी भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्य समेत नरहने गरी राजीनामा दिने त्यहीँ घोषणा गरेको छु । म व्यवस्थित रुपमा भोलि राजीनामा पठाउँछु भनेर बैठकलाई जानकारी पनि गराएको छु । त्यसको साथसाथै जुन हाम्रो १० बुँ सहमति थियो, अपानि १२ थियो । त्यो अपानि १२ ले १० प्रतिशत केन्द्रीय सदस्यहरुको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्य दलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो जुन निर्देशन जारी गरेको थियो । त्यतातर्फ कुनै ध्यान दिइएन।’

यसैबीच, नेकपा एमालेले कार्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले १० बुँदे सहमति आमरुपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकी रहेका ठाउँहरुमा आगामी केन्द्रीय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्य दललाई निर्देशन दिएको छ । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ