एमसीसी ठूलो अनुदान हो, ऋण होइन, त्यसैले पास हुन्छः प्रधानमन्त्री



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’ बारे गठबन्धनमा छलफल हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अहिले गठबन्धनको सरकार रहेकाले गठबन्धनमा छलफलपछि मात्रै यसबारे निर्णयमा पुग्न सकिने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन सरकार छ । त्यहीँ छलफल हुन्छ ।’ उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताए ।

उनले एमसीसीबारे झुठो प्रचार भइरहेको भन्दै संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताए । उनले भने, ‘एमसीसी पास हुन्छ । यो ठूलो अनुदान हो, ऋण होइन। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो।’ प्रधानमन्त्रीले बाढीपहिरो र डुबानपीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली, ४० बुँदे माग पूरा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने

कोठाभाडा तिर्न नसक्दा आत्महत्या गर्न पुगेको नगरकोटी परिवार

  काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण

सगरमाथामा विश्व कीर्तिमान बनाउने प्रतिस्पर्धा

  सिबी अधिकारी, काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी

यी हुन् लखपतिदेखि करोडपतिसम्मका मन्त्री

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको