मुख्यमन्त्रीको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशसभाको बैठक स्थगित



काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्न नचाहेको बताएकी छन् ।  बिहीबार विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकमा  मुख्यमन्त्री शाक्यले आफूलाई मुख्यमन्त्री पद जोगाउन विभिन्न प्रस्ताव आएपनि च्यूत भएर कुनै सम्झौता गर्न नचाहेको बताएकी हुन् ।

उनले आफ्नो छोटो शासनकालमा प्रदेशमा सुशासन सुधार गरेको र विकासको गतिलाई पनि तीव्र पारेको दाबी गरिन् । उनले भनिन्,‘हामीले हाम्रै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विपक्षमा खरो उत्रिएका थियौँ । हामीले विरोध गरेपछि अध्यादेश फिर्ता भयो। तर अहिले विरोध गरेको भन्दा निकृष्ट ढंगले अध्यादेश ल्याइयो र दल फुटाइएको छ।’

भदौ दुई गते ठूलो दलको हिसावले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

यसैबीच, मुख्यमन्त्री शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपनि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त

विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्ने गृहमन्त्रीको दुष्प्रयासः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको