यस चुनावबाट यी च्याँखेहरुलाई पनि आउट गर्नुपर्छः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले फेरि नेकपा एमालेको दिग्विजय चाहेको बताएका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजय नभए देशमा केही नहुने भएकाले देश र जनताले एमालेको विजय चाहेको बताएका हुन् ।

उनले अरु दलसँग केही दृष्टिकोण नभएकाले एमालेको विजय सुनिश्चित भएको बताए । उनले आगामी निर्वाचनमा एमालेबाहेक कसैले बहुमत ल्याउन नसक्ने दाबी गरे । उनले भने,‘देशलाई चाहिएको एउटा मात्र कुरा के छ भने एमालेको विजय हो । एमालेको विजय नभए केही हुन्न । अरुसँग केही दृष्टिकोण छैन । उनीहरु च्याँखे थाप्नेमा हुन् । यस चुनावबाट यी च्याँखेहरुलाई पनि आउट गर्नुपर्छ । यी च्याँखे रहेभने फेरि गठबन्धन गर्छन् ।’

अध्यक्ष ओलीले आफूहरुको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताए । उनले कांग्रेससँग प्रतिस्पर्धा हुने भएपनि कांग्रेससँग जनतामा जाने एजेण्डा नरहेको बताए ।

उनले भने,‘ प्रस्पिर्धा भनेको एमाले र कांग्रेससँग हो । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग । जनतामाझ जाँदा कांग्रेसले के गरें भन्ने केही एजेण्डा छैन । पुराना कांग्रेसका नेता पुर्पुरोमा हात लगाएर बसेका छन् । भोट कहाँ हाल्ने ? कलममा, रुखमा, छातामा कहाँ हाल्ने टुंगो नभएर । हैरान छन् कांग्रेस नेताहरु । चितवनमा छोरीलाई र बाउलाई जिताइयो के पाइयो भनेर ।’

अध्यक्ष ओलीले वर्तमान सरकार आलोचना गर्न लायक नभएको आरोप लगाए । अहिलेको सरकार नायवीद्वारा चलाइएको निमित्त सरकार भएको बताए । उनले भने, ‘अहिलेको सरकार नायवीद्वारा चलाइएको निमित्त सरकार हो । सरकार आलोचना गर्न लायक छैन । जसको हातमा नायवी छ पर्दा पछाडि छ जो अगाडि छ उसलाई के भन्नु अर्कोले चलाएको छ । यो सरकार साँच्चै कसले चलाएको छ कसैले भन्न सक्छ ? भित्रकाले चलाएका छन् कि बाहिरकाले केही थाहा छैन ।’

उनले अरु पार्टी हडबडाएका र एमालेमात्रै दूरदृष्टि राख्ने पार्टी भएकाले जनतामाझ जान नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘एमाले मात्रै हो आकाशमा उड्ने चिल जस्तो । उसले जमिनमा साना साना चिज हेरिरहेको हुन्छ । अरु भ्यागुता हुन् । भ्यागुताले कुवा देख्छ ।चराको क्षितिज कता कता । नेकपा एमालेको काँधमा धेरै गहन अभिभारा छ । लडेको ल्याएको लोकतन्त्रको रक्षा गर्नु एमालेका लागि महत्वपूर्ण विषय छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रका अवयवहरु प्रतिको जनविश्वास कति छ भन्ने कुरा ती संस्थाको मर्यादा क्रियाकलापबाट निर्देशित हुने बताए ।

उनले भने, ‘हामीलाई चिन्ता छ अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? महाभियोग पनि लाग्न सक्छ भनेका छन्, राजीनामा गर भनेका छन् जनस्तरबाट । यस्ता निकायहरु जसप्रति जनविश्वास असाधारण ढंगले धरासायी भएको छ । हामी मुद्दा जित्छौं हार्छौं भन्ने कुरा होइन, पार्टी दर्ता हुँदैमा के हुन्छ र दर्ता भएपनि चुनावमा जनताले दर्ता बदर गरिदिन्छन् । यी ठूला कुरा होइनन् । न्यायिक र अर्धन्यायिक निकायको विश्वासमा लोकतन्त्र जिवित हुनुपर्छ । लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि यी संस्थाहरु आआफ्नो थान्कामा बस्नुपर्छ । त्यसका लागि हामीले जनताको असाधारण विश्वासबाट बहुमत ल्याउनुपर्छ । जनतालाई सचेत गराएनौ भने अरुले भ्रमबाट मुक्त पार्नुपर्छ । अनेक प्रकारका भ्रम फिँजाएका छन् । हाम्रो सक्रियता हुनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना