‘सरकार ! तिमीले मलाई तक्मा नदेऊ’


गाली देऊ
अपमान देऊ

झुट्टा मुद्दा देऊ
त्यतिले पनि धित मरेन भने
बरु जेल देऊ

सरकार ! तिमीले मलाई
तक्मा नदेऊ

तिमीले तक्मा दियौ भने
दुनियाँका अगाडि मैले
मुख कसरी देखाउनु ?!

अर्जुन पराजुली ।