दर्ता नगरी संचालनमा रहेका १५ कन्सल्टेन्सीका १८ जना संचालक पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरू फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो । पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा/स्टडी ग्लाइडर, लेक्सिको एजुकेशन, पास्कल एजुकेशन, एपिटोम एजुकेशन, मेघाटेक एजुकेशन स्किल पोइन्ट एजुकेशन भाइब्रेन्ट एजुकेशन, ड्रीम एजुकेशन, युनिभर्सल गेटवे, भिक्टोरी एजुकेशन, २४ आवर्स एजुकेशन, ग्रिनर एजुकेशन, ग्लोबल इम्प्याक्ट उरेशी एजुकेशन र ब्लुम रहेका छन् । शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरूलाई कानुनी दायराभित्र रही सञ्चालन गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। साथै, यस्ता अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।